एमाले महाधिवेशनमा २२ सय सुरक्षाकर्मी परिचालन, दुई एआईजी चितवनमा

नेकपा (एमाले) को १० औँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ ।

सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) सहकुल थापाका अनुसार  नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको हो ।

नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको उनले जानकारी दिए ।

महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’एआईजीले थापा भने, ‘आपटारी, बसपार्क, गैँडाकोटलगायत भेगअनुसार १४ वटा ठाउँ तोकिएको छ ।’

छिमेकी जिल्लाबाट पनि जनशक्ति ल्याइएको उनले बताए । एआईजी थापाकाअनुसार नवलपरासी, तालिम केन्द्र, बुटवल दंगालगायत वरपरका छिमेकी जिल्लाबाट झिकाएको छ ।

 ‘आउने विदेशी तथा स्वदेशी पाहुनाको पनि स्कर्टिङदेखि लिएर आवश्यकताअनुसार प्रोटोकलअनुसार हामी सबै सुरक्षा व्यवस्था गरेका छौं,’ उनले भने, ‘भीडमा पनि ठाउँठाउँमा पीकेटिङको व्यवस्था छ । दर्शकको व्यवस्था छ । रिजर्भ अफ पोइन्ट, कर्डेनहरू राखेका छौं । विमानस्थलमा कर्डन छ । उहाँहरूको स्वयंसेवक छ । विभिन्न कर्डेनहरू परिचालित छ ।’   





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ८:१३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया