अध्यक्ष ओली डुंगा चडेर महाधिवेशन स्थल आउने

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली डुंगा चढेर महाधिवेशन स्थल आउने भएका छन्।

चितवनकाे नारायणी नदी किनारमा सुरु हुन लागेकाे एमालेकाे १०औं महाधिवेशनकाे उद्घाटन गर्न ओली डुंगा चढेर आउन लागेका हुन् ।

महाधिवेशनको उद्घाटन मध्याह्न १२ बजे हुने कार्यक्रम छ । महाधिवेशन स्थल आउनका लागि सुरक्षाकर्मी र स्वयंसेवक नदीदेखि स्टेजसम्म खटाइँदै छ ।

आजदेखि सुरु भई मंसिर १२ सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । 

एमाले विभाजनपछि पहिलोपटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेका अनुसार उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी हुनेछन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुनेछन् । जसपाका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर, राप्रपा अध्यक्ष कमल थापा, राजमोबाट चित्रबहादुर केसी र नेमकिपाका नेतासमेत सहभागी हुनेछन् । 



महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ । बन्दसत्र सौराहामा हुनेछ ।

महाधिवेशनमा दुई हजार १७५ प्रतिनिधि र १२९ पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिमध्ये ६ सय २७ जना महिला र दुई सय नौजना दलित-उत्पीडित समूहबाट प्रतिनिधित्व हुनेछन् । 
 



  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ९:३४:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया