एमाले महाधिवेशन : सहमतिका लागि शीर्ष नेताहरूबीच छलफल, रावललाई फकाउँदै ओली

नेकपा एमालेको १० औं महाधिवेशन आजदेखि चितवनमा सुरु हुँदैछ । महाधिवेशनका लागि अधिकांश शीर्ष नेताहरू चितवन पुगिसकेका छन् । 

महाधिवेशन उद्घाटन हुन केही समयअघि सहमतिका लागि नेताहरूबीच छलफल पनि भइरहेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू बसेको सौराहास्थित रिसोर्ट पार्क सफारीमा सहमतिका लागि शीर्ष नेता राखेर छलफल गरिरहेका हुन् । 

छलफलमा पार्टी उपाध्यक्ष भीम रावललाई पनि बोलाइएको छ । रावलले महाधिवेशनमा अध्यक्षमा उठ्ने भनेर घोषणा गरिसकेका छन् । स्रोतका अनुसार छलफलमा उनलाई ओलीले सहमतिमै महाधिवेशन गर्नका लागि अनुराेध गर्नेछन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १०:२२:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया