एमाले महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेताले भेटे प्रधानमन्त्री

एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा‍. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

शुक्रबार बिहान नयाँ दिल्लीबाट काठमाडौं आइपुगेका हर्षवर्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् । भेटमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महत पनि सहभागी थिए ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ११:१७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया