एमाले एकताबद्ध र एकढिक्का छ : शंकर पोखरेल
फाइल फाेटाे

नेकपा एमाले स्थायी कमिटी सदस्य शंकर पोखरेलले एमाले एकताका साथ महाधिवेशनमा होमिएको बताएका छन् । 

दशौं महाधिवेशनको पूर्वसन्ध्यामा पार्टी कार्यकर्ताहरूलाई शुभकामना दिँदै पोखरेलले भने, ‘पार्टी एकताबद्ध र एकढिक्का छ । यतिबेला नेतृत्वप्रति असहमति प्रदान गर्ने कुरा पार्टी र आन्दोलनको हितमा हुँदैन ।’ 

विगतका महाधिवेशनमा जस्तो यसपटक कोही पनि समूहगत रूपमा विभाजित नभएको भन्दै पोखरेलले महाधिवेशनले सशक्त र एकताबद्ध एमाले निर्माण हुने बताए ।

‘हामी कुनै विचार समूहमा विभाजित भएका छैनौं । महाधिवेशनबाट सशक्त र एकताबद्ध एमाले निर्माण गर्दैंछौं’, पोखरेलले भने, ‘कार्यकर्ताहरूले दिएको म्यान्डेटअनुसार हामी अगाडि बढेका छौं । कार्यकर्ताहरूको म्यान्डेटविपरीत हामी अगाडि बढ्दैनौँं ।’ 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार ११:२५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया