घाइतेहरूलाई इँटाभट्टामा जलाएको घटना : आरोपित आलमको मुद्दा १३ औं पटक पेसीमा

पूर्वमन्त्री मोहम्मद अफताब आलमको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि मुद्दाको पेसी न्यायाधीशद्वय दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासमा तोकिएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले पछिल्लोपटक २६ कात्तिकमा मुद्दाको सुनुवाइका लागि पेसी तोकिएका थिए । पेसी न्यायाधीश कार्कीसँगै अर्का न्यायाधीश डा. कुमार चुडालको संयुक्त इजलासमा थियो । 

त्यतिबेला बेन्च नै बसेन । न्यायाधीशहरू जबराको राजीनामा माग्दै उनले तोकेको इजलासको अवज्ञामा थिए । 

मुद्दाको हालसम्म प्रारम्भिक सुनुवाइसमेत भएको छैन । १३ पटक मुद्दाको पेसी तोकिए पनि सातपटक स्थगित भएको छ । तीनपटक हेर्न नमिल्ने, दुईपटक बेन्च नबसेको र एकपटक हेर्न नभ्याइनेमा मुद्दालाई राखिएको थियो । 

आलम २७ चैत २०६४ मा रौतहटको बम काण्डमा मुछिएका व्यक्ति हुन् । उनीमाथि बम विस्फोट हुँदा घाइते भएकाहरूलाई ज्यूँदै इँटाभट्टामा जलाएको आरोप लागेको छ ।   





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १२:७:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया