दुर्गा प्रसाईंले गरे एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घाेषणा

झापास्थित बिएण्डसीका अस्पतालका संचालक दुर्गा प्रसाईंले एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । 

नेकपा माओवादी केन्द्र निकट देखिएका प्रसाईं केही अघिमात्र एमाले प्रवेश गरेका हुन् । प्रसाईंलाई केन्द्रीय कमिटीले महाधिवेशन प्रतिनिधिमा मनोनित गरेको हो । 

केन्द्रीय सदस्य बन्न पार्टीको संगठित सदस्यता लिएको १० वर्ष पुगेको, केन्द्रीय विभाग वा प्रदेश कमिटीमा काम गरेको वा जिल्ला कमिटीको पदाधिकारी भइसकेको वा जनसंगठनको पदाधिकारी भइसकेको हुनुपर्ने एमाले विधानमा लेखिएकाे छ ।

तर, प्रसाईंको भने कुनै पनि योग्यता पुग्दैन । प्रसाईंले भने आफू एकता प्रक्रियाबाट आएको र हजुरबा (उनको भाषामा केपी ओली)को आर्शीवादका कारण केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताएका छन् । 





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १२:१४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया