धनुषामा ट्याक्टरमा च्यापिएर युवकको मृत्यु

धनुषाको मिथिला नगरपालिकामा ट्याक्टर दुर्घटनामा परी एक युवाको मृत्यु भएको छ । 

मिथिला नगरपालिका-२ नक्टाझिजमा शुक्रबार बिहान ट्याक्टरमा च्यापिएर क्षीरेश्वरनाथ नगरपालिका-७ का २५ वर्षीय चेतन महतोको मृत्यु भएको हो । 

स्थानीय नदीमा बालुवा अनलोड गर्ने क्रममा ज१त। ४१७२ नम्बरको ट्याक्टर पल्टिदा महतोको च्यापिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

महतो ट्याक्टरमै बसेका थिए । महतोको शव पोस्टमार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।  





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १२:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया