कांग्रेस अधिवेशन : दार्चुलामा झडप, तीनजना गम्भीर घाइते

नेपाली कांग्रेस दार्चुलाको अधिवेशनका क्रममा मतगणना स्थलमा दुवै पक्षबीच झडप भएको छ ।

कांग्रेस दार्चुलाको सभापतिमा वर्तमान सभापति ललित सिंह बोहरा र पार्टी उपसभापति एवं शैल्यशिखर नगरपालिकाका मेयर अमरसिह धामी चुनावी मैदानमा उत्रिएका छन् । 

महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमिति र महाधिवेशन प्रतिनिधिका लागि विहीबार मतदान भएको थियो ।

मतदान स्थलमा एक अर्काे पक्षविरुद्ध नाराबाजी भएपछि बिहीबार राति दुबै पक्षबीच झडप भएको हो । झडपमा ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी पुष्करसिंह ऐरीले जानकारी दिए ।

धामी पक्षका कार्यकर्ता राजेन्द्र विष्ट, सुरेश विष्ट र बसन्तबहादुर चन्दको टाउकोमा गम्भीर चोट लागको छ । गम्भीर घाइते तीनैजनालाई उपचारका लागि धनगढी रिफर गरिएको जिल्ला अस्पतालका इमरजेन्सी शाखाका स्टाफ नर्स मञ्जु भट्टले जानकारी दिइन् ।

झडपमा संलग्न पाँच जनालाई सोधपुछका लागि नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक ऐरीले बताए।  



बोहराको अग्रता

बिहीबार सम्पन्न मतदानको आज बिहानदेखि मतगणना सुरु गरिएको छ । क्षेत्र ‘क’ को ४०० मत गणना भएको छ । जसमा सभापति पदमा ललित सिंह बोहराले २८० र अमरसिंह धामीले ११२ मत प्राप्त गरेका छन् ।  क्षेत्र ‘क’ बोहराको गृह क्षेत्र भएकाले अग्रता देखिएको छ । क्षेत्र ‘ख’ धामीको गृह क्षेत्र भएकाले सभापति पदमा कडा प्रतिस्पर्धा हुने देखिएको छ । 



बिहीबार भएको निर्वाचनमा कुल १ हजार ४३ मतमध्ये ९५६ मत खसेको निर्वाचन अधिकृत देवराज अवस्थीले जानकारी दिए । दार्चुला जिल्लाको क्षेत्र नम्बर (क) का ४५६ मतदाता मध्ये ४१८ मत र क्षेत्र नम्बर (ख) का ५८७ मध्ये ५३८ मत खसेको अवस्थीले बताए । 

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १४:९:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया