थप २७० जनामा काेराेना संक्रमण, २ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयाेगशालामा गरिएकाे परीक्षणपश्चात् थप २७० जनामा संक्रमण पुष्टि भएकाे हाे।

देशभर १० हजार ४६६ जनाकाे काेराेना परीक्षण गरिएकाे थियाे ।

यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप २ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेकाे संख्या ११ हजार ५१८ पुगेकाे छ ।

त्यस्तै पछिल्लाे २४ घन्टामा ३०२ जना संक्रमणमुक्त भएका छन् । कोरोनाबाट निको हुनेको दर ९७.७ प्रतिशत रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालमा हाल ७ हजार २८७ जना सक्रिय संक्रमित छन्।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १६:१७:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया