३० करोड राजस्व छलीको आरोपमा चार जनाविरुद्ध मुद्दा दायर
फरकधार / १० मंसिर, २०७८

राजस्व अनुसन्धान विभागले झण्डै ३० करोड बिगो बराबरको राजस्व छली गरेको आरोपमा विभिन्न फर्मका सञ्चालक तथा यसका सहयोगीविरुद्ध आज उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।



यसरी मुद्दा चलाइएकामा बाराको सिमराका उज्ज्वल ट्रेड कन्सर्नका सञ्चालक रामबाबुप्रसाद यादव, सोही ठाउँको दिव्या ट्रेड कन्सर्नका सञ्चालक सरोज मण्डल, टोनी कन्सर्न ट्रेडका सञ्चालक शान्तिराम सिटौला तथा सहयोगी प्रदीप साह छन् ।

विभागले उक्त राजस्व रकम असुल गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ बमोजिम हदैसम्मको जरिवाना तथा कैद सजायको माग गरेको छ ।

उनीहरूमाथि मिलेमतोमा वस्तु तथा सेवाको कारोबार नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि करको बिजक मात्र जारी गरी राजस्व छली गरेको विभागको आरोप छ । उनीहरूले मूल्य अभिवृद्धि करतर्फ नौ करोड १९ र आयकरतर्फ २० करोड ५८ लाख ७५ हजार राजस्व छली गरेको पाइएको विभागले आज एक विज्ञप्ति जारी गरी जनाएको छ । 



दर्तावाल लेखा परीक्षक त्यहाँको चन्द्रनगर गाउँपालिका–७ नादीका आरवी शाह एन्ड एसोसिएट्सका सञ्चालक रामबावु साहमाथि उक्त फर्मको गलत लेखा परीक्षण प्रतिवेदन तयार गरी राजस्व छलीमा मतियारको काम गरेको आरोप छ । शाहलाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ (संशोधनसमेत) बमोजिम मुख्य प्रतिवादीलाई हुनेभन्दा आधा सजाय माग दाबी गरिएको छ ।

  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १६:५०:९,   अन्तिम अपडेट : मंसिर १०, २०७८ शुक्रबार १७:३३:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया