रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न १० जना पक्राउ

रक्तचन्दनको तेलको अवैध कारोबारमा संलग्न रहेका १० जनालाई ३३ लिटर रक्तचन्दनको सुगन्धित तेलसहित बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा काठमाडौं बानियाटार बस्ने सिन्धुली हरिहरपुर गाउँपालिका-४ घर भएका ५० वर्षीय हेम कुमार श्रेष्ठ, ललितपुर सानुगाउँ बस्ने मकवानपुर गढी गाउँपालिका-१ घर भएका नवीन भन्ने ३९ वर्षीय मंगल सिंह लो, काठमाडौं टोखा नगरपालिका-४ बस्ने ३७ वर्षीय ईक्रम श्रेष्ठ, भक्तपुर दुवाकोट बस्ने काभ्रे बनेपा नगरपालिका-४ घर भएका ३१ वर्षीय कार्साङ्ग लामा रहेका छन् ।

त्यस्तै, काठमाडौं महाराजगंज बस्ने खोटाङ हलेसी नगरपालिका-६ घर भएका २३ वर्षीय घनश्याम आले मगर, काठमाडौं महानगरपालिका-८ तिलगंगा बस्ने ५१ वर्षीय मदन पोडे, काठमाडौं चावहिल बस्ने खोटाङ हलेसी नगरपालिका-९ घर भएका २० वर्षीय जीवन थापा, काठमाडौं सामाखुसी बस्ने तनँहु भानू नगरपालिका-६ घर भएका २५ वर्षीय सुदिप थडराई, काठमाडौं महानगरपालिका-१३ छाउनी घर भएका ५३  वर्षीय अनिल चरण श्रेष्ठ र सोही ठाउँ घर भएका ५१ वर्षीय अनुप कुमार श्रेष्ठ रहेका छन् ।

काठमाडौं महानगरपालिका-८ तिलगंगामा रक्तचन्दनको तेल प्रति लिटर नगद ५ लाख रुपैयाँको दरले अबैध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा  महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तेल सहित पक्राउ गरेको हो ।





  • प्रकाशित मिति : मंसिर १०, २०७८ शुक्रबार १८:४५:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया