माओवादीले आज भक्तपुरमा नगर सम्मेलन गर्दै

भक्तपुरका चारवटै स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को नगर सम्मेलन आज (शनिबार) हुने भएको छ । भक्तपुरका चाँगुनारायण, सूर्यविनायक, मध्यपुर थिमि र भक्तपुर नगरपालिकामा एकै दिन नगर सम्मेलन हुन लागेको हो । 

सम्मेलनबाट जिल्लामा नयाँ नेतृत्व समेत चयन हुनेछ ।  पार्टी जिल्ला समन्वय समितिका संयोजक डिपी ढकालका अनुसार सहमति नभए निर्वाचनबाट नेतृत्व चयन हुनेछ ।

यद्यपि जिल्ला समिति खारेज गरेको माओवादी केन्द्रमा जिल्ला सदस्यलाई समेत नगरमा समेट्नुपर्ने सकस भएकाे उनले स्वीकार गरे । 

सम्मेलन चाँगुनारायणको तपादम्फोस्थित नगरपालिकाकै हलमा, सूर्यविनायकको  सूर्यविनायक रिसोर्टमा,मध्यपुर थिमिको बालकुमारी मन्दिर प्राङ्गणमा र भक्तपुर नगरपालिकाको च्वङ्गागणेशस्थित नमस्ते ब्याङ्केटमा हुने भएको छ । 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ७:४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया