घुम्ती सेवामार्फत् २६ पत्रकारलाई प्रेस पास

कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत् २६ जना पत्रकारलाई प्रेस पास वितरण गरिएको छ । मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिए ।

उनका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् ।

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको सहकार्यमा तीन दिने घुम्ती शिविर सदरमुकाम गमगढी बजारमा सञ्चालन गरिएको थियो । 

दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीको क्षमता अभिवृद्धि र लेखन वृद्धि समाचार सम्पादन संकलन अन्तर्वार्ता लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक डा. विजय प्रसाद मिश्रले बताए । 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ७:४३:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया