कास्की कांग्रेसकाे सभापतिका लागि बहुमत नपुग्दा आज फेरि मतदान हुने

नेपाली कांग्रेस कास्की सभापतिमा कसैकाे पनि बहुमत नपुगेपछि फेरि मतदान हुने तय भएकाे छ। सभापतिका पाँच उम्मेदवारमध्ये सबैको ५० प्रतिशतभन्दा कम मत भएपछि नेतृत्व चयनका लागि आज दोस्राे पटक मतदान हुने भएको हाे ।

सभापतिमा सबैभन्दा बढी किशोरदत्त बरालले ६४४ र दोस्राेमा सुदीपमोहन भट्टराईले ४६९ मत पाए । तेस्राेमा आइबहादुर गुरुङले ४६२, चौथोमा पोषनाथ शर्माले ३३५ र गिरीराज गौतमले ६३ मत पाए ।  

४७ मत बदर भएको निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए । विधानतः पहिलो चरणमा कसैले ५० प्रतिशतभन्दा बढी मत नपाए पहिलो र दोस्राे हुने उम्मेदवारबीच दाेस्राे चरणमा प्रतिस्पर्धा हुन्छ । 

बराल केन्द्रमा शेरबहादुर देउवा निकट हुन् भने भट्टराई यसअघि कृष्ण सिटौलातिर भए पनि अहिले क्याम्प फेरेर गगन थापातिर लागेका छन् । पुराना नेता शुक्रराज शर्मालाई फकाएर देउवाले जिल्ला सभापति आफ्नो पोल्टामा पार्ने अवस्था छ । शर्माले यसअघि आइबहादुर गुरुङलाई समर्थन गरेका थिए ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ७:४९:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया