नेपाल (एकीकृत समाजवादी) पुर्चौडी नगर कमिटी अध्यक्षमा रमेश बोहरा चयन भएका छन् । नगर अधिवेशनले बोहराको अध्यक्षतामा ५१ सदस्यीय नगर कमिटी गठन गरेको पार्टी जिल्ला उपसचिव गौरिदत्त भट्टले जानकारी दिए ।
नगर उपाध्यक्षमा प्रेम साँउद र नरेन्द्र विष्ट चयन भएका छन् । सचिवमा वीरेन्द्र जागरी, सहसचिवमा बिर्खबहादुर धामी, जनक धानुक र प्रेम धामीलाई चयन गरिएको छ ।
डिलाशैनी गाउँपालिका-७ मा पनि वडा कमिटी गठन गरिएको छ । धौलसिंह धामीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरिएको विद्यार्थी नेता सुवास बोहराले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।