नेपाली कांग्रेस दार्चुला सभापतिमा ललितसिंह बोहरा विजयी भएका छन् । कांग्रेसको सातौँ जिल्ला अधिवेशनमा अमरसिंह धामीलाई ३११ मतान्तरले पराजित गर्दै बोहरा सभापतिमा विजयी भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेता बोहरा दोस्रो पटक जिल्ला सभापति बनेका हुन् । कुल ९५६ मत खसेकोमा बोहराले ६२० मत प्राप्त गरेका छन् भने धामीले ३०९ मतमा चित्त बुझाए । २७ मत बदर भएको छ ।
उपसभापति ललितसिंह ठगुन्ना र महादेव बडू ‘कस्यप’, सचिवमा पुलेन्द्रबहादुर कार्की र माधवराज भट्ट निर्वाचित भएका छन् । सहसचिवमा राजु अवस्थी र राजेन्द्रप्रसाद जोशी विजयी भएका छन् ।
सदस्यमा इन्द्रसिंह डाँगा, कृष्णसिंह बोहरा, तुङ्गध्वजसिंह बोहरा, धनराज जोशी, नरबहादुर बम, मानसिंह धामी, शेरसिंह धामी, नवीन चन्द, बहादुरसिंह खत्री, अमरबहादुर विष्ट, गंगादत्त जोशी र दानी गिरी निर्वाचित भएका छन् ।
कांग्रेस दार्चुलाको ४२ सदस्यीय कार्यसमितिका लागि ६९ जनाले मनोनयन दर्ता गराएका थिए । जसमध्ये २२ पदमा निर्विरोध भए भने १९ पदका लागि निर्वाचन भएको हो ।
झापामा कट्टेल अगाडि
कांग्रेस झापामा राम कट्टेलले लिड गरेका छन् । क्षेत्र नम्बर १ र ५ काे गणना भइकस्दा कट्टेलले ४८२ मत प्राप्त गरेका छन् । याे ८०० मत गणना गर्दाकाे परिणाम हाे ।
प्रतिद्वन्द्वी देउमान थेबेले उनलाई पछ्याइरहेका छन् । उनले ३१२ मत प्राप्त गरेका छन् ।
पदाधिकारी र सदस्यमा कट्टेलपक्षीय उम्मेदवारहरू अगाडि छन् ।
याे परिणाम कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माको प्रभाव भएकाे निर्वाचन क्षेत्र नम्बर १ र ५ काे हाे । कट्टेल शर्मा निकट उम्मेदवार हुन् । यस्तै निर्वाचन क्षेत्र नम्बर २, ३ र ४ काे गणना हुन बाँकी छ ।
यी क्षेत्रहरूमा भने पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाकाे बढी प्रभाव छ । जहाँबाट थेबेलाई तुलनात्मक रूपमा बढी मत पर्न सक्ने ठानिन्छ ।
इलाममा ठेकेदार खड्काकाे अग्रता
पूर्वी पहाडी जिल्ला इलाममा डम्बरबहादुर खड्काकाे अग्रता कायमै छ । उनी निर्माण व्यवसायी हुन् । उनले सभापति पदका प्रतिस्पर्धी भेषराज आचार्यलाई पछि पारेका छन् ।
६०० मत गणना हुँदा खड्काले ३२७ मत र आचार्यले २७१ मत पाएका छन् । मतान्तर ५६ छ । अब एक हजार १०० मत गणना हुन बाँकी छ ।
पाल्पामा श्रेष्ठको दाेब्बर बढीको अग्रता
पाल्पा कांग्रेसकाे सभापति पदमा हिमालदत्त श्रेष्ठको अग्रता छ । ५९७ मत गणना हुँदा उनले ३६३ मत पाएका छन् । उनका प्रतिस्पर्धी कृष्ण बस्यालले १६३ मत पाए ।
मतान्तर २०० छ ।
पदाधिकारी र अन्य पदमा पनि अधिकांश श्रेष्ठ प्यानलका अगाडि छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।