एमाले केन्द्रीय सदस्यमा विष्णु रिजालको उम्मेदवारी घोषणा

नेकपा (एमाले) नेता विष्णु रिजालले पार्टीकाे १०औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । चितवनमा बन्दसत्र सुरु हुनुअघि उनले कर्णाली भुगोलबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा गरेका हुन् । एमालेको बन्दसत्र र मनोनयन दर्ता आज नै हुँदैछ ।

नेता रिजाल एमालेका वर्तमान केन्द्रीय सदस्य हुन्।

एमाले अध्यक्ष केपी ओलीले पार्टी एकतामा विशेष जोड दिँदै केन्द्रीय पदाधिकारी र सदस्ययकाे संख्या थप्न गर्न राखेकाे प्रस्ताव  केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत रूपमा पारित भइसकेकाे छ । 

अब केन्द्रीय कमिटी ३०१ सदस्यीय हुनेछ । एमालेले पोलिटब्युरो ब्युँताएकाे छ । ९९ सदस्यीय पोलिटब्युरो हुनेछ भने ४५ सदस्यीय स्थायी कमिटी यथावत्  छ ।

पदाधिकारी संख्या बढाएर १९ सदस्यीय पुर्‍याउने निर्णय भएकाे छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ९:१९:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया