नेकपा(माओवादी केन्द्र) गुल्मीले तीन स्थानीय तहमा गाउँ कमिटी बिस्तार गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका, छत्रकोट र गुल्मीदरवार गाउँपालिकाको गाउँ अधिवेशन सम्पन्न भएका हुन् ।
मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण गरिएको छ । कमिटीको उपाध्यक्षमा प्रेमबहादुर खड्काथोकी, रोमाकान्त खरेल र चन्द थापा छन् । सचिवमा युवराज खरेल, सहसचिवमा प्रकाश चालिसे र कोषाध्यक्षमा दिपम खराल रहेको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिए ।
यसैगरी छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्ष रामचन्द्र कँडेल, रामप्रसाद पाण्डेय र तारापति ज्ञवाली छन् । सचिवमा सरोज पाण्डेय, सहसचिव भागवत गिरी र कोषाध्याक्ष इन्दिरा पाण्डेय रहेको छन् ।
यस्तै गुल्मी दरवार गाउँपालिकामा पुनराम ज्ञवालीको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी विस्तार गरिएको छ । कमिटीको उपाध्यक्षमा शेरबहादुर सरतुंगी, झकबहादुर विक र यमबहादुर पाण्डेय छन् । सचिवमा राजन रेश्मी, सहसचिवमा कमलप्रसाद कँडेल र कोषाध्यक्ष शिला सरतुंगी रहेको कार्कीले बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।