सहमति भए त्याग गर्न तयार छु : नेता पण्डित
फाइल फाेटाे

उपाध्यक्ष पदमा दाबी गर्दै आएका एमाले नेता लालबाबु पण्डितले १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्नुपर्ने भन्दै सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका छन् । 

बन्द सत्र स्थलमा प्रतिनिधिहरुले सहमतिमा नेतृत्व चयन गर्न नाराबाजी गरिरहेका बेला पण्डितले सहमति भए आफू त्याग गर्न तयार रहेको बताएका हुन् । 

सहमतिमै केन्द्रीय नेतृत्व चयन गर्न केन्द्रीय कमिटी सदस्य र पदाधिकारीको संख्या बढाइएकाले सहमतिमा नेतृत्व चयन हुने हो भने आफू यही पदमा हुनुपर्छ भनेर उभिने पक्षमा नरहेको उनकाे भनाइ छ । 

प्रचार विभाग उपप्रमुख सूर्य थापाले अध्यक्ष केपी ओली सर्वसम्मतको प्रयासमा रहेको भन्दै उम्मेदवारी दर्ता गर्न हतार नगर्न आग्रह गरेका छन् । उनले नेतृत्व र नेताहरू सर्वसम्मत नेतृत्व चयनको गृहकार्यमा जुटेको भन्दै उम्मेदवारी दिन हतार नगर्न आग्रह गरेका हुन् । 

अर्की नेतृ गंगा चौधरीले पनि आफूसहित सबैजसो प्रतिनिधि सर्वसम्मत नेतृत्व चयनको पक्षमा रहेको बताइन् ।
 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार ११:२९:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया