नेकपा एमालेको सौराहामा सुरु हुने भनिएको बन्दसत्र तत्काल सुरु हुन सकिरहेको छैन । नेताहरु छलफलमा व्यस्त भए पछि बन्दसत्र सुरु हुन नसकेको हो ।
बन्दसत्र स्थलमा भएका हाम्रा समाचारदाता अमृत चिमरिया र रुपक चौलागाईंका अनुसार बन्दसत्र सुरु हुन अझै कम्तिमा पनि एक घन्टाभन्दा बढी लाग्नेछ ।
नेकपाका नेताहरु छलफलमा व्यस्त भएकाले र हिजो बसेको नवौं महाधिवेशनको केन्द्रीय कमिटीको अन्तिम बैठकले थप सदस्य संख्याको विभाजन (समावेशी, भुगोल) नमिल्दा बन्द सत्र सुरु हुन ढिला भएको हो ।
बन्द सत्र सुरु हुने निश्चित नभए पनि नेताहरु बन्दसत्र विभिन्न ठाउँमा पुगेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।