एमालेमा नयाँ नेतृत्व सर्वसम्मत नहुने एक कारण
एमालेकाे बन्दसत्र हुने स्थलअगाडिकाे भीड ।

नेकपा एमाले अहिले महाधिवेशनमा होमिएको छ । शुक्रबार नारायणी नदी किनारबाट सुरु भएको महाधिवेशनको आज दोस्रो दिन सौराहामा बन्दसत्र हुँदैछ । 

आजै सौराहामा  नेकपा एमालेले नयाँ नेतृत्व कसरी पाउने भन्ने पनि टुंगो लाग्दैछ । सौराहामा भेला भएका र पदाधिकारी तथा केन्द्रीय सदस्यका आकांक्षीहरु एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रस्ताव गरेको सर्वसम्मतको पक्षमा पनि देखिन्छन् । तर, केहीले भने  सहमतिमा आफूले पनि पद पाउने गरि सहमति भए मान्य हुनसक्ने अडान लिन थालेका छन् । 

सर्वसम्मत नेतृत्व चयनको प्रस्ताव अगाडि सारे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुलाई नै मनाउन सकेका छैनन् । 

उनीनिकट आकांक्षीहरु धेरै भए पछि ओलीले सर्वसम्मतीमा नेतृत्व चयन गर्न नसक्ने सम्भावना बढ्दै गएको छ । 

अर्कोतिर ओलीसँग अध्यक्षमा प्रतिस्पर्धा गर्ने तयारी गरेका भीम रावलले आफूले अब अध्यक्षमा उम्मेदवारी घोषणा गरिसके पछि पछाडि नफर्किने बताएका छन् । उनले केही समयअघि आफूले एक मत ल्याए पनि अध्यक्षमा चुनाव लडेरै छाड्ने अभिव्यक्ति दिएका छन् । 

रावलको यही अडानका कारण पनि एमालेमा सर्वसम्मत नेतृत्व चयन हुनसक्ने सम्भावना छैन । 





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १२:३४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया