सुरेन्द्र पाण्डे भन्छ्न् - महाधिवेशन लम्बिँदैन

नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले महाधिवेशन नलम्बिने बताएका छन् ।

एमालेको बन्द सत्र सुरु हुनुअघि संक्षिप्त कुराकानी गर्दै उनले भने 'महाधिवेशनको दिन लम्बिँदैन । हामीसँग भोलि बेलुकासम्मको समय छ । पर्सिदेखि हामीहरू यहाँबाट हिँड्नै पर्छ ।'

उनले रातभर बसेर काम गरेर भए पनि भोलि बेलुकासम्म महाधिवेशन सकेर निस्किने बताए ।

उनले विधान महाधिवेशनकै बेला भएका निर्णय महाधिवेशनले परिवर्तन हुन सक्ने मान्यता रहेको बताए । उनले एमालेभित्र गुट नभएको उनले दाबी गरे । 'एमालेभित्र गुट छैन एमालेभित्र मान्छे छन् । मान्छे-मान्छेबीचमा त विचार फरक हुन्छ' उनले भने ।






  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १४:६:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया