ए डिभिजन लिग : च्यासलको पहिलो जित

सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत शनिबारको पहिलो खेलमा  च्यासल युथ क्लबले विभागीय टोली  एपिएफ  फुटबल क्लबमाथि १-० को कठिन जित हात पारेको छ ।

त्रिपुरेश्वरस्थित  दशरथ  रंगशालामा भएको खेलको ४९औं मिनेटमा रूमेश बर्तौलाले गरेको एक मात्र गोल च्यासललाई जित दिलाउन प्रयाप्त बन्यो ।

यो नतिजासँगै पहिलो जित हात पारेको च्यासलले ३ अंक जोड्दा एपिएफले लगातार दोस्रो पराजय बेहोरेको छ।

पहिलो खेलमा च्यासल थ्रीस्टारसँग ३-० तथा एपिएफ ब्रिगेड ब्वाइज क्लबसँग ३-२ ले पराजित भएका थिए ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:७:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया