बन्दसत्रमा प्रवेश गरे ओली, प्रतिक्रिया दिन मानेनन्

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली पार्टीको दसौं महाधिवेशनको बन्दसत्रमा प्रवेश गरेका छन् । शनिबार दिउँसो नारायणी नदी किनरामा सुरु भएको महाधिवेशनको बन्दसत्र सौराहामा केही बेरअघि सुरु भएको हो । 

यसअघि शनिबार विहान ८ बजेबाट बन्दसत्र सुरु गर्ने भनिए पनि नेताहरु छलफलमा व्यस्त हुँदा बन्दसत्र सुरु हुन सकेको थिएन । 

बन्दसत्रमा ओलीसँगै अन्य नेताहरु पनि प्रवेश गरेका छन् ।

बन्दसत्रमा जाँदा ओलीले प्रतिक्रिया दिन मानेनन् । यसअघि काठमाडौंबाट चितवनमा आउँदा पनि उनले विमानस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिन मानेका थिएनन् ।






  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १५:१९:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया