कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली खल्बलिन्छ : प्रकाशमान

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान पार्टी नेतृत्वले निर्वाचनबाट कांग्रेसलाई ३० सिटमा सीमित गराएको भन्दै यसपटक नेतृत्व परिवर्तन गर्न नसके पार्टीलाई आगामी दिनमा गाह्रो हुने बताएका छन् ।

शनिबार नेपाली कांग्रेस काठमाडौं जिल्ला कार्यसमिति सभापति पदका उम्मेदवार कृष्ण बानियाँ(सबुज) समुहको उम्मेदवारी घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले कांग्रेस कमजोर हुँदा देशको प्रजातान्त्रिक प्रणाली पनि खल्बलिने बताए ।

‘केन्द्रको नेतृत्व यदी हामिले परिवर्तन गर्न सकेनौँ भने १३ औँ महाधिवेशनबाट निर्वाचित पार्टी सभापतिको नेतृत्वमा १६५ मा ३० सिटमा झरेको पार्टी, अब फेरि हामिले सन्देश राम्रोसँग ग्रहण गरेर जनताले चाहे अनुसारको नेतृत्व परिवर्तन गर्न सकेनौँ भने कांग्रेसलाई आउँदो दिन गाह्रो हुन्छ । कांग्रेस कमजोर भयो भने त नेपालको प्रजातान्त्रिक प्रणाली पनि खल्बलिन सकिने रहेछ भन्ने हालसालको राजनीतिक घटनाक्रमबाट निचोड निकाल्न सकिन्छ’ उनले भने ।

कांग्रेस काठमाडौं जिल्ला समितिमा नेताहरू थापा र श्रेष्ठको समर्थनमा सभापति कृष्ण बानियाँ(सबुज), उपसभापतिहरु राजकुमार नकर्मी र गोकर्ण केसी, सचिवहरु गोविन्द पुडासैनी र इन्द्रबहादुर थापा लगायतको कार्यसमितिको उम्मेदवारी घोषणा गरिएको छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १६:४०:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया