कार्यपालिकाले हस्तक्षेप गरे स्वतन्त्र न्यायपालिका रहँदैन : उपेन्द्र यादव

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले कार्यपालिकाले न्यायपालिकामाथि हस्तक्षेप गरे स्वतन्त्र न्यायपालिका रहन नसक्ने बताएका छन् ।

शनिबार चितवनमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष यादवले कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्न नहुने बताएका हुन् । सरकारले न्यायपालिकाको विवाद मिलाउने विषयमा चासो राखेको भए पनि त्यसलाई हस्तक्षेप गरेको भन्न नमिल्ने बताए । 

कार्यपालिकाले हस्तक्षेप गर्यो भने अन्तर्राष्ट्रिय जगतमा पनि लोकतन्त्रका लागि राम्रो नमानिने उल्लेख गर्दै यादवले भने, ‘कार्यपालिकाले न्यायपालिकामा हस्तक्षेप गर्नुहुँदैन । सुझाब सल्लाह दिएर यो समस्या हल होस् भन्ने कुरा अलग विषय हुन् ।’

प्रधानन्यायाधीशका विषयमा दलले भन्नुभन्दा पनि न्यायाधीश र अधिवक्ता बसेर यसको समाधान खोज्नुपर्छ उल्लेख गर्दै उनले भने, ‘न्यायालयको आफ्नै पद्धति हुन्छ, न्यायालयमा अहिले देखिएको समस्या छिट्टै हल होस् र न्याय निरुपणको काम होस् भन्ने हाम्रो चाहना हो ।’

न्यायपालिका आफैं एउटा संवैधानिक व्यवस्था भएको संस्था रहेको उल्लेख गर्दै उनले राजनीतिक सत्ता र शक्तिको प्रभावबाट यो संस्था स्वतन्त्र र अलग रहनुपर्ने बताए ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १७:७:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया