कांग्रेस क्षेत्रीय सभापतिमा मत बराबरी, गोलाप्रथाको साइत जुराउन दुवै उम्मेदवार ज्योतिषीको शरणमा

कांग्रेस महाधिवेशअन्तर्गत पूर्वी नवलपरासीको क्षेत्र नं २ मा अध्यक्षका दुई प्रत्याशीको मत बराबरी भएपछि गोलाप्रथाबाट निर्णय हुने भएको छ । चार दिनअघि सम्पन्न मतगणनामा बराबरी भएकोमा शनिबार पुनः मतगणना गर्दा परिणाम उही आएपछि गोलाप्रथा गर्न लागिएको हो । 

क्षेत्रीय सभापतिका उम्मेदवार सूर्य गुरुङ र जगत कार्कीले शनिबार गरिएको दोस्रो मतगणनामा पनि बराबर ३९४ मत पाएको निर्वाचन अधिकृत चुडामणि कँडेलले जानकारी दिए । 

गत बुधबार बिहान ५ बजे क्षेत्रीय सभापतिका दुई उम्मेदवारको मत बराबरी भएपछि गोला तान्न आग्रह गर्दा दुवै उम्मेदवारले पुनः गणनाको माग गर्दै आएका थिए । दोस्रोपटकको गणनामा पनि बराबर मत आएपछि अध्यक्षका दुई उम्मेदवार उपयुक्त साइत खोज्न आ–आफ्ना ज्योतिषीकहाँ पुगेको बताइएको छ । 

कार्की कांग्रेस सभापति शेरबहादुर देउवा पक्षबाट र गुरुङ वरिष्ठ नेता पौडेल पक्षबाट उम्मेदवार बनेका हुन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १७:४४:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया