नेपाल कांग्रेसको इलाम जिल्ला सभापतिमा डम्बर खड्का विजयी भएका छन् । भेषराज आचार्यलाई पराजित गर्दै उनी सभापतिमा निर्वाचित भएका हुन् । विजयी भएका खड्का संस्थापनपक्षीय उम्मेदवार हुन् भने आचार्य वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् ।
शनिबार अपराह्न सार्वजनिक मत परिणामानुसार खड्का १६० मतले विजयी भएका हुन् । उनले ९३५ मत ल्याउँदा आचार्यले ७७५ मत पाएको निर्वाचन समितिले जनाएको छ ।
जिल्ला उपसभापतिमा भने दुवैजना आचार्य समूहका उम्मेदवार निर्वाचित भएका छन् । उपसभापतिमा खगेन्द्र देवान र विष्णु सुब्बा (दाहाल) विजयी भए भने सचिवमा खड्का समूहका निरोज खड्गी र पूर्णप्रसाद गौतम निर्वाचित भए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।