एमालेका नीति नै राष्ट्रिय नीति, गठबन्धनले लागू नगरे उसको गल्ती : ओली

एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा ओलीले आफ्नो पार्टीका नीतिहरू नै राष्ट्रिय नीति भएकोको बताएका छन् ।

'आज एमालेका नीति नै राष्ट्रिय नीति हुन् । पाँच दलीय गठबन्धनले लागू गरेन भने उसको गल्ती हो । गठबन्धनको सरकारले सन्तुलित कूटनीति कायम गरेन । यो पनि उसको गल्ती हो,' उनले भने ।

प्रतिक्रियावादी र तिनका पिछलग्गुको षडयन्त्रले दूरगामी असर पारेको ओलीको आरोप छ । 'हामी सुखी नेपाली, सम‌ृद्ध नेपालको अभियानमा छौं । समृद्धि सामाजिक समानता, सद्भाव, राष्ट्रिय एकताको पक्षमा रहेका शक्तिसँग एकता हुन्छ । यसविरुद्धका प्रतिक्रियावादी शक्तिसँग कठोर संघर्ष गर्छौं', ओलीले भने ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १८:११:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया