वर्तमान  सरकारले शान्ति प्रक्रिया टुंग्याउन सक्दैन: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले शान्ति प्रक्रिया टुंग्याउन नसक्ने बताएका छन् ।

एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष ओलीले शान्ति प्रक्रिया टुंग्याउन जरुरी रहेको तर अहिलेको सरकारले त्यसलाई टुंग्याउन नसक्ने बताए ।

उनले आफ्नो पालामा शान्ति प्रक्रियालाई अगाडि बढाएको र यसलाई टुंग्याउने प्रयास गरेको पनि् बताए ।

'अहिलको सरकारले शान्ति प्रक्रिया टुंग्याउन सक्दैन । केही समय पर्खिनु पर्छ र शान्ति प्रक्रिया टुंग्याउनु पर्छ,' उनले भने ।

तत्कालीन अवस्थामा द्वन्द्वका पक्ष र विपक्षबीच सहमति नभएका कारण शान्ति प्रक्रिया नटुंगिएको उनको भनाइ छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १८:२०:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया