एमाले अध्यक्ष केपी ओलीले लामो भाषण गरेपछि विदेशी पाहुनाहरू बीचमै हिँडेका छन् । १०औं महाधिवेशनको बन्द सत्रमा लामो बोलेपछि विदेशी पाहुनाहरू ओलीको सम्बोधनकै क्रममा कार्यक्रम स्थलबाट बाहिरिएका छन् ।
कम्बोडिया, बंगलादेश, श्रीलंकाका भारतका कम्युनिस्टसहित विभिन्न पार्टीका नेता हिँडेका हुन् । उनीहरूलाई विदेश विभाग प्रमुख राजन भट्टराईले गेटसम्म छोडेका थिए ।
ओली बोलिरहँदा विदेशी प्रतिनिधिले जाने भनेपछि उनले सम्बोधन रोकेर पाहुनाको बिदाइ गरिसकेपछि फेरि बोल्न सुरु गरेका छन् । उता ओलीले लामो समय बोल्दा प्रतिनिधिहरू पनि टेन्ट बाहिर गफ गरिरहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।