नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी विचारमा स्पष्ट रहेको बताएका छन् । एमालेको १०औं महाधिवेशनअन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष ओलीले विचार र सिद्धान्त छैन भनेर पार्टीप्रति जनविश्वास कम हुने, अन्योल पर्ने खालका क्रियाकलाप नगर्न नेताहरूलाई सचेत गराएका हुन् ।
'कहिलेकाहीँ भ्रम पर्न सक्छ हामीसँग सिद्धान्तै छैन विचार नै छैन । कहिलेकाहीँ सुन्छु हामीसँग हामीसँग विचार छैन नीति छैन कता जाने टुंगो छैन हामीसँग कार्यक्रम छैन । यस्ता खालको अन्योलग्रस्त भएर अगाडि बढ्नु हुँदैन । हामीसँग नीति छ विचार छ सिद्धान्त छ' उनले भने ।
सिद्धान्त, विचार नै छैन भनेर अन्योलग्रस्त भएर अगाडि बढ्न नहुने उनको भनाइ छ । उनले एमालेमा मार्क्सवाददेखि लिएर समृद्ध नेपाल सुखी नेपालीसम्मको सिद्धान्त रहेको बताए । उनले आफूसँग नभए अरू को सँग छ त सिद्धान्त भनेर प्रश्न समेत गरे ।
'मार्क्सवाददेखि लिएर समृद्ध नेपाल सुखी नेपालीसम्मका सिद्धान्त र नेपालको सन्दर्भमा कसरी अगाडि बढ्नु पर्छ त्यसको गन्तव्य के हो भनेर तोकेर हामी अगाडि बढेका छौँ भने हामीसँगै सिद्धान्त छैन, को सँग छ सिद्धान्त ? यत्रो उपलब्धि हाँसिल गरेका छौँ हरेक क्षेत्रमा कुनै क्षेत्र छोडेका छैनौँ । के जनताले बुझ्दै नबुझी साथ दिएका छन् ?' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।