एमाले महाधिवेशन : आज उम्मेदवारी दर्ता नहुने

नेकपा एमालेको जारी १०औँ महाधिवेशनको बन्दसत्र जारी छ । निर्धारित समयभन्दा पाँच घण्टा ढिलो सञ्चालन भएको बन्दसत्रमा उम्मेदवारी दर्तालगायत थप कार्यक्रम नहुने भएको छ । 
 
बन्दसत्रको उद्घाटन भए तापनि आजै बन्दसत्रको थप कार्यक्रम नहुने एमालेका एक नेताले बताए । 

एमाले अध्यक्ष केपी शर्मा ओली निकट प्रतिनिधिसभा सदस्य रहेका ती सांसदका अनुसार आज बेलुका महाधिवेशन प्रतिनिधिसँग ओलीले खाना खाने कार्यक्रम रहेको छ । 

ओली बन्दसत्रमा अहिले बोलिरहेका छन् । ओली बोलिसकेपछि बन्दसत्रको उद्घाटन कार्यक्रम सकिने छ ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १८:५३:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया