सरकारको हस्तक्षेपविरुद्ध एनआरएनए अदालतमा

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाल सरकार परराष्ट्र मन्त्रालयविरुद्ध मुद्दा दायर गरेको छ । 

परराष्ट्र मन्त्रालयले अन्यायपूर्ण पत्र जारी गरेको कारणले संघ बाध्य भएर सरकारविरुद्ध अदालतमा गएको हो । 

अध्यक्ष कुमार पन्तका अनुसार उच्च अदालत पाटनमा उत्प्रेषण आदेश माग गर्दै परराष्ट्र मन्त्रालयसहित सरकारविरुद्ध पहिलो पटक संघले मुद्दा दायर गरेको हो । 

सरकारविरुद्धको निवेदनमा दशौँ महाधिवेशन गराउन संरक्षक परिषद्लाई जिम्मा दिने मन्त्रालयको निर्णय गैरकानूनी रहेको भन्दै त्यसलाई बदर गर्न माग गरिएको छ ।

अध्यक्ष पन्तले नेपाल सरकारले पनि  गैरआवासीय नेपाली संघमाथि अन्याय गरेको बताए । परराष्ट्र मन्त्रालयले पार्टीको भ्रातृसंस्थाको जस्तो प्रवृति देखिएको भन्दै मन्त्रालयले अन्यायपूर्ण नीति लिएको उनको भनाइ छ ।

कुनै अमुक उम्मेदवारको पक्षमा लागेका संरक्षक परिषद्का सदस्यहरूले सबै सदस्यहरूलाई न्याय दिन नसक्ने पन्तको तर्क छ । उनले परराष्ट्र मन्त्रालयप्रति गैरआवासीय नेपालीको विश्वास नरहेकै कारणले अदालतको ढोका ढक्ढकाउन बाध्य भएको बताए ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया