भैरहवामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा बाबुछोराको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत भैरहवाको बर्मेली चोकमा ट्रकको ठक्करबाट बाबुछोराको आज मृत्यु भएको छ । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा स्याङ्जाको चापाकोट नगरपालिका–४ का ५३ वर्षीय गीतानाथ खनालसहित उनका १३ वर्षीय छोरा सुदीपको मृत्यु भएको हो ।

बुटवलबाट बेलहियातर्फ जाँदै गरेको ना३ख ३८६० नंको ट्रकले खनाल सवार ग११प ५४४४ नंको मोटरसाइकललाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नवरत्न पौडेलले जानकारी दिए ।

ट्रकको ठक्करबाट घाइते भएका दुवै जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचारका क्रममा दिउँसो १:३५ बजे मृत्यु भएको हो । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छन् ।





  • प्रकाशित मिति : मंसिर ११, २०७८ शनिबार १९:५०:४९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया