बंगलादेशको न्यून चापीय प्रणालीको प्रभाव : दुई प्रदेशमा हिमपातको सम्भावना
फाइल तस्बिर

नेपालको पूर्वी भू-भागमा बंगलादेशको आसपासमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पहाडी भू-भागहरूमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरूका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आइतबार राति पनि पहाडी भू-भागमा आँशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशको उच्च पहाडी र हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख गरिएको छ । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ६:४७:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया