विश्वकप एसिया छनोट : युएईविरुद्ध जित्नैपर्ने दबाबमा नेपाल
फरकधार / १२ मंसिर, २०७८
यो सामग्री सेयर गर्नुहोस्

आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा नेपालले आज आयोजक युएईविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।



यो खेल दुबईको आइसिसी एकेडेमी मैदानमा बिहान सवा ११ बजे सुरु हुनेछ ।  



ग्लोबल छनोटमा स्थान बनाउन नेपालले युएईविरुद्ध जित मात्र हात पारेर हुँदैन । नेपालले नेट रन रेटमा समेत भर पर्नुपर्ने हुन्छ ।



प्रतियोगितामा सहभागी ६ मध्य शीर्ष स्थानमा रहने टोलीले ग्लोबल छनोटमा  स्थान सुरक्षित गर्नेछ ।



अहिलेको अवस्थामा सहभागी सबै टोलीले ४/४ खेल खेलिसकेका छन् र एकएक खेल मात्र खेल्न बाँकी छ ।

चारै खेल जितेको युएई ८ अंकसहित शीर्ष स्थानमा छ  । नेपाल र हङकङले चारमध्ये समान ३ खेल जित्दै समान ६/६ अंक जोडे पनि नेट रन रेटमा भने नेपाल अगाडि छ ।



ग्लोबल छनोटको सम्भावना कायमै राखेको हङकङले अन्तिम खेल आइतबार नै कुवेतविरुद्ध खेल्दैछ ।

सामन २ अंक जोडेका मलेसिया र भुटान तथा अंकविहीन कुवेत छनोटबाट बाहिरिसकेका छन् ।  



  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ७:१:३६,   अन्तिम अपडेट : मंसिर १२, २०७८ आइतबार ७:२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया