जाजरकोटमा बस दुर्घटना, पाँचजनाको मृत्यु

जाजरकोटमा बस दुर्घटना हुँदा पाँचजनाको  मृत्यु भएको छ । प्रहरीका अनुसार गएराति नेपालगञ्जबाट जाजरकोटको राडिबजार जाँदै गरेको ना छ ख २७५७ नम्बरको बस बराहचौर नजिक दुर्घटना हुँदा पाँचजनाको घटनास्थलमै मृत्यु भएको हो ।  

दुर्घटनामा ३० जना घाइते भएका जाजरकोटका डिएसपी मधुकुमार थापाले जानकारी दिए । उनका अनुसार घाइतेमध्ये केही अवस्था गम्भीर रहेको छ ।

‘पाँचजनाको मृत्यु भएको छ, २९ जना जति घाइते छन् केही सिरियस छन्,’ डिएसपी थापाले भने ।

घाइतेको जिल्ला अस्पताल जाजरकोटमा उपचार भइरहेको छ ।   





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ७:१२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया