भिल्लारियलविरुद्ध बार्सिलाेनाकाे सहज जित

स्पेनिस ला लिगाअन्तर्गत गएराति भएकाे खेलमा बर्सिलाेनाले घरेलु टाेली भिल्लारियलमाथि ३-१ काे सहज जित हात पारेकाे छ ।

बार्सिलोनाको  जितमा फ्रान्की डि जोङ, मेम्फिस डिपाए र फिलिपे कौटिन्होले गोल गरे । घरेलु टोलीका स्यामुइल चुकविइजीले एक गोल फर्काए ।

४८ औं मिनेटमा  डि जाेङले गोल गर्दै बार्सिलोनालाई  अग्रता दिलाएका थिए । ७६औं मिनेटमा चुकविइजीले  भिल्लारियललाई  १–१ को बराबरीमा ल्याए ।

८८ औं मिनेटमा  डिपाएले गोल गर्दै बार्सिलोनालाई २–१ ले अघि बढाए । थप गरिएकाे समयमा कौटिन्होले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई सहज जित दिलाए ।

जितपछि बार्सिलोना १४ खेलबाट २३ अंक जोडेर सातौँ स्थानमा यथावत रहदा पराजित भिल्लारियल १६ अंकका साथ १२ औं स्थानमा  छ ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ८:१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया