कोरोनाको नयाँ भेरियन्टको बढ्दो खतरासँगै बेलायतले लगायो कडा प्रतिबन्ध

कोरोनाको नयाँ भेरियन्टको बढ्दो खतरासँगै बेलायतले कडा प्रतिबन्ध लगाएको छ।

दक्षिण अफ्रिकामा भेटिएको नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले अमिक्रोन नाम दिएको छ । नयाँ भेरियन्टको पहिचान भएसँगै विश्वका विभिन्न देशले दक्षिण अफ्रिकामा आवतजावत गर्न प्रतिबन्ध लगाएका छन् ।

बेलायतले पनि दक्षिण अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएको छ । यससँगै बेलायतले बढ्दो खतरालाई मध्यनजर गर्दै कडा नियम लागू गरेको छ ।

बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आगामी सातादेखि पसलमा र सार्वजनिक यातायातमा मास्क अनिवार्य लगाउनुपर्ने घोषणा गरेका छन् ।

यसका साथै बेलायतमा भित्रिने सबै यात्रुले अनिवार्य रूपमा पिसिआर परीक्षण गर्नुपर्नेछ । यदि कसैमा नयाँ भेरियन्ट भेटिएको खण्डमा ऊ आइसोलेसनमा बस्नुपर्नेछ ।

जाेनसाेनले यी प्रतिबन्ध अस्थायी भएकाे जनाएका छन् । उनले काेराेनाविरुद्ध पूर्ण खाेप लगाए पनि यस भेरियन्टबाट संक्रमित हुनसक्ने भन्दै सबैले सतर्कता अपनाउन आग्रह पनि गरेका छन् ।
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ९:५०:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया