सहमति जुटाउन नेताहरूसँगको छलफलमा ओली

चितवनमा जारी नेकपा एमालेको १० औं महाधिवेशनको तेस्रो दिन पनि सहमति जुटाउन नेताहरूबीच छलफल जारी छ । अहिले पनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूनिकटका नेताहरूसँग छलफल गरिरहेका छन् । 

उनले आफू बसिरहेको सौराहास्थित पार्क सफारी रिसोर्टमा विष्णु पौडेल, शंकर पोखरेल, ईश्वर पोखरेल, सुरेन्द्र पाण्डेलगायत नेताहरूसँग छलफल गरिरहेका हुन् ।

अन्य पदका लागि लगभग सहमति भए पनि अध्यक्षमा पार्टी उपाध्यक्ष भीम रावलले पनि दाबी गर्दा नेताहरूबीचको सहमति टुंगोमा पुग्न सकेको छैन । 

यदि रावल अध्यक्षबाट पछि नहटे आजै निर्वाचन हुनेछ । त्यसअघि, बिहानैदेखि नेताहरूले सहमतिको प्रयासका लागि छलफल सुरु गरेका छन् । 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ९:५२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया