माओवादी केन्द्र महोत्तरी अधिवेशन : १२२ वडा र एक पालिकामा सर्वसम्मत

नेकपा (माओवादी केन्द्र) महोत्तरीको वडा अधिवेशन १२२ ठाउँमा सर्वसम्मत भएको छ । १३८ वडा मध्य बाँकी १६ वडामा पार्टीको विधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिवेशन बाँकी रहेको माओवादी केन्द्र महोत्तरीले जनाएको छ । 

१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरू टुंगो नलागेको हुनाले अधिवेशन  हुन नसकेको माओवादी महोत्तरीका इन्चार्ज राजु खड्काले जानकारी दिए । 

१६ वडाको अधिबेसन टुंगिएसँगै माओवादी महोत्तरीको वडा अधिवेशन सम्पन्न हुनेछ भने दोस्रो चरणमा पालिका अधिवेशन सुरु हुनेछ । मनरासिस्वा नगरपालिकाको सबै वडाको अधिबेसन सकिएपछि नगर अधिवेशन समेत सम्पन्न गरेको माओवादी प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ९:५७:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया