नेपाली कांग्रेस काभ्रेको सभापति पदमा केन्द्रीय सभापति शेरबहादुर देउवानिकट तीर्थ लामा दोब्बर बढी मतले विजयी भएका छन् । उनले अच्युतप्रसाद पौडेललाई पराजित गरे ।
निर्वाचन समितिले सार्वजनिक गरेको मत परिणाममा तामाले एक हजार ६४६ र पौडेलले ७७० मत प्राप्त गरे । लामा २०७० मा संविधानसभा सदस्य थिए ।
पदाधिकारी र सदस्यहरूमा पनि लामा प्यानलका उम्मेदवारहरू विजयी भएका छन् ।
दुई उपसभापतिमा ठाकुरप्रसाद न्यौपाने (१४०० मत) र रमेशप्रसाद हुमागाईं (१५२३ मत) तथा दुई सचिवमा गुणराज मोक्तान (१४२० मत) र माधवप्रसाद ढकाल (१४१० मत) ले विजयी भएका छन् ।
दुई सहसचिव पदमा रवीन्द्रनाथ सिग्देल (१४१९ मत) र समीर ब्याञ्जु श्रेष्ठ (१४५४ मत) विजयी भएको निर्वाचन समितिले जनाएको छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।