भीरबाट लडेर एककाे मृत्यु
सांकेतिक तस्बीर

दाङमा भीरबाट लडेर एक जनाकाे मृत्यु भएकाे छ । 

मृत्यु हुनेमा तुलसीपुर-९ छिल्लीकाेटका ६६ वर्षीय रामबहादुर पुन रहेका छन्।

बिजाैरीबाट घर फर्किने क्रममा झुल्के सामुदायिक वनकाे चाेरकाटे भीरबाट लडेर उनकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय दाङले जनाएकाे छ । प्रहरीका अनुसार उनी भकारी बेच्न बिजाैरी गएका थिए ।

मृतककाे शव पाेस्टमार्टमका लागि राप्ति प्रादेशिक अस्पताल तुलसीपुरमा राखिएकाे छ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १०:४८:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया