एमाले महाधिवेशन लम्बिन सक्छ : पृथ्वीसुब्बा गुरुङ
फाइल तस्बिर

एमाले नेता पृथ्वीसुब्बा गुरुङले महाधिवेशन एक दिन लम्बिन सक्ने बताएका छन् । महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता गुरुङले सर्वसम्मत केन्द्रीय कमिटीको प्रयास गर्दा महाधिवेशन सोमबारसम्म लम्बिन सक्ने बताएका हुन् ।

एमालेमा पदाधिकारीका आकांक्षी धेरै भएकाले उपाध्यक्ष र उपमहासचिवको संख्या बढाउँदा पनि कुरा मिल्न सकेको छैन । जसकारण नेतृत्व निकै ठूलो दबाबमा छ ।

‘सहमतिको प्रयास भइरहेको छ । आजको आवश्यकता पार्टी एकता हो । सहमतिको आवश्यकता हो । लोकतान्त्रिक अधिकार प्रयोग गरेर उहाँलाई सर्वसम्मत रूपमा केन्द्रीय कमिटीको प्रस्ताव ल्याउनुस् भनेर हलले जिम्मेवारी दिएको छ । कोठामा बसेर एक्लै घोषणा गर्ने त होइन । सानामसिना कुरा होइन । धेरै ठूलो र गम्भीर कुरा छ । त्यसैले महाधिवेशन लम्बिन पनि सक्छ,’ गुरुङले भने । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १०:५३:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया