विद्यार्थीमा देखिएको मानसिक स्वास्थ्य शिक्षकले कसरी थाहा पाउने?

कोभिड–१९ का कारण धेरै बालबालिकामा विभिन्न समस्या देखिन थालेका छन् । लामो समय घरभित्रै बसेका बालबालिका विद्यालय जान नचाहने, एक्लै बस्न खोज्ने, साथीभाइसँग नखुल्ने, निस्क्रिय रहन खोज्ने जस्ता समस्याबाट पीडित भइरहेका हुन् । 

उनीहरूमा एकातिर कोरोना महामारीको त्रास थियो भने अर्कोतिर लामो समय घरभित्रै बस्दा मानसिक समस्या देखिएको हुनसक्छ । त्यस्तो अवस्थामा शिक्षक शिक्षकले नै उनीहरूको मानसिक स्वास्थ्यबारे ध्यान दिनुपर्छ । 

यदि बालबालिकाहरूमा मानसिक समस्या छ भने शिक्षक शिक्षिकले के गर्ने? विद्यार्थीको कुरा ध्यानपूर्वक सुन्ने र बुझ्नुपर्छ । विद्यार्थीको व्यवहार वा आनीबानीमा परिवर्तन आए–नआएको बारे सचेत रहनुपर्छ । त्यस्तै, विद्यार्थीमा आशा र सकारात्मक ऊर्जा प्रवाह गर्ने किसिमका कथा तथा घटना सुनाउनुपर्छ । 

यति मात्र नभएर पठनपाठनसँगै सिर्जनात्मक, खोजमूलक र अतिरिक्त क्रियाकलापमा समेत जोड दिन सकियो भने बालबालिकामा देखिन सक्ने मानसिक स्वास्थ्य सुधार गर्न सकिन्छ । 

यति गर्दा पनि विद्यार्थीमा देखिएको समस्या कम भएन भने विद्यार्थीका लागि मनोसामाजिक परामर्शको व्यवस्था गर्न लाग्नुपर्ने चिकित्सकहरूको सुझाव छ । 
 





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार ११:२२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया