आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको अन्तिम खेलमा आयोजक युएईले नेपालसमक्ष १२८ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
दुबईस्थित आइसिसी एकेडेमी मैदानमा टस टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२७ रन बनायो ।
युएईका लागि चमानी सिनेभिरत्नले अर्धशतकिय पारी खेलिन् । ३६ बलको सामना गरेकी उनले ७ चौकाको मद्दतमा ५२ रन बनाइन् ।
तिर्था शतिसले ४७ र काभिसा इगोडागेले २२ रनको योगदान दिए । नेपाका लागि कविता कुँवरले २ तथा संगिता राई,सीता रानमगर र सवनम राईले १/१ विकेट लिए ।
नेपाललाई ग्लोबल छनोटमा स्थान बनाउन फराकिलो जितको अवश्यकता रहँदा युएई जित वा झिनो हारले पनि ग्लोबल छनोटमा पुग्नेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।