नेता पाैडेल भन्छन्- कांग्रेसमाथि लाग्ने गरेकाे ‘विचारकाे खडेरी’ भन्ने आराेप पुष्टि भएकाे छ

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले कांग्रेसमाथि लाग्ने गरेकाे ‘विचारकाे खडेरी’ भन्ने आराेप पुष्टि भएकाे बताएका छन् । 

१४औं महाधिवेशनमा पार्टीको नीति र सिद्धान्तलाई लिएर छलफलसमेत नहुने अवस्था रहँदा पाैडेलेकाे याे अभिव्यक्ति आएकाे हाे ।

काठमाडौंकाे अनुपम फुडल्याण्डमा आइतबार पत्रकार सम्मेलनमा नेता पाैडेलले महाधिवेशनमा पार्टीकाे नीति कार्यक्रममा छलफल नहुनु चिन्तापूर्ण रहेकाे बताए । 

उनले थप भनेका छन्, ‘महाधिवेशनकाे बन्दसत्रमा कुनै नीति कार्यक्रम प्रस्तुत गर्न अवसर नमिल्ने भयाे । महाधिवेशनपछि महासमिति बाेलाएर नीति कार्यक्रमबारे छलफल गर्ने भनिएकाे छ । देशभरिका साथीहरू आउँदा नीति कार्यक्रमबारे छलफल हुनुपर्थ्याे ।’  

कांग्रेसको १४औं महाधिवेशन आगामी २४-२६ गतेसम्म हुँदैछ । तर, महाधिवेशनमा नीति कार्यक्रमबारे छलफल नहुने भएकाे छ । 

यसअघि भने महाधिवेशन हुनु पहिले नीति कार्यक्रममाथि छलफल हुने गरेकाे थियाे ।





  • प्रकाशित मिति : मंसिर १२, २०७८ आइतबार १५:३४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया