नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मतिमा नेतृत्व चयन गर्ने प्रयास गर्दा १०औँ महाधिवेशनको बन्दसत्रको बाँकी कार्यक्रम प्रभावित भएको छ । सहमतिमा नेतृत्व टुंग्याउनका लागि अहिले ओली नेताहरूसँग छलफल गरिरहेका छन् ।
ओलीले आकांक्षीको व्यवस्थापन गर्न नसकेर निर्वाचनको सम्भावना बढी रहेका बेला नेता पृथ्वीसुब्बा गुरुङले सहमतिमै नेतृत्व चयन हुने बताएका छन् ।
उनले ९० प्रतिशत सहमति भइसकेको पनि बताए । उनले एक घण्टापछि बन्दसत्र सुरु हुने सुनाए । उनले अध्यक्ष ओलीसँगको भेटपछि यस्तो बताएका हुन् ।
'एक घण्टापछि बन्दसत्र सुरु हुन्छ, ९० प्रतिशत सहमति भइसकेको छ । सहमतिमै नेतृत्व चयन हुन्छ' उनले भने ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।